माघ २१, २०७९
भन्ने गरिन्छ – प्रेम प्राप्ति मात्रै होइन, त्याग पनि हो । अमेरिकाकी महिला केली जोयले प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने उदाहरण देखाएकी छन् । अमेरिकाको सुखसुविधा, जागिर, घर, परिवार, देश सबै छाडेर उनी केन्...
युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगको भनाइ छ ।
त्यो व्यवस्था भएमा विमानका यात्रुहरूले आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहनु पर्दैन। युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई विमानका लागि फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन आगामी वर्षको जुन ३० सम्मको समय दिएको बताइएको छ। यो प्रविधिको विकास भएमा उडिरहेको विमानबाट पनि यात्रुले फोन गर्न सक्नेछन् ।
आन्तरिक बजारका लागि ईयू कमिसनर टिएरी बेर्टोँले यो योजनाले मानिसहरूलाई नवीन सेवाहरू उपलब्ध गराउने र युरोपेली कम्पनीहरू फस्टाउने बताए।
युरोपेली आयोगले निश्चित फ्रिक्वेन्सीहरू विमानहरूका लागि सन् २००८ बाटै आरक्षित गरिसकेको छ । कतिपय विमान सेवाहरूले यसअघिबाटै उडानका क्रममा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन्।
यूकेस्थित उडान सुरक्षा कमिटीका प्रमुख कार्यकारी डाई विटिङ्हम मोबाइलले विमानलाई गर्न सक्ने असरबारे पर्याप्त जानकारीको अभावका कारण मोबाइलमा हुने फ्लाइट मोड ऐतिहासिक रूपमै महत्त्वपूर्ण रहेको बताउँछन्। तर यूके र युरोपेली सङ्घका देशहरूमा यो कुनै समस्या नहुने विटिङ्हम बताउँछन्।
अमेरिकामा यसअघि फाइभ जी फ्रिक्वेन्सीले उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भएका थिए। यसले विमानको उचाइ मापनमा समेत प्रभाव पर्न सक्ने ठानिएको थियो।
भन्ने गरिन्छ – प्रेम प्राप्ति मात्रै होइन, त्याग पनि हो । अमेरिकाकी महिला केली जोयले प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने उदाहरण देखाएकी छन् । अमेरिकाको सुखसुविधा, जागिर, घर, परिवार, देश सबै छाडेर उनी केन्...
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...
‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई बन्द गरेका छन् । मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजि...
पतंजलि योगपीठका योगगुरु स्वामी रामदेव विवादमा परेका छन् । भारतमा आयोजित एक धर्मसभामा दिएको अभिव्यक्तिका कारण यतिबेला उनको आलोचना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सनातन हिन्दू धर्मलाई सर्वश्रेष्ठ...
युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...