माघ १७, २०७९
सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ। सरकारले मन्त्रिपरिषद्मा एक महिनाअघि पुगेको शिक्षा विधेयक थाँती...
चितवन जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा शुरूआत गरेको छ ।
कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्वजनिक यातायातमा निःशुल्क गरिएको हो । यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उनले बताए ।
अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उनले जानकारी दिए । माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र १२ कक्षा सञ्चालनमा आएका ४ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ६०० हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उनले बताए ।
उनले भने, ‘निःशुल्क यातायात सेवाका लागि वडा र पालिकाले १४ लाख बजेट विनियोजन गरेको छ ।’ पालिकामार्फत यातायात छुट कार्ड वितरण गरेर सुविधा प्रदान गरिएको हो ।
मंसिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिसमेत लाभान्वित बन्ने छन् । वृद्धवृद्धालाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ ।
उनले भने, ‘कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियतसम्बन्धी कार्यविधि, २०७९ पारित गरी कार्यक्रम लागू गरेको हो ।’ सार्वजनिक यातायातको पहुँच नपुग्ने विद्यार्थीलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ ।
ढकालका अनुसार हनुमानझुलाका विद्यार्थीले साइकल प्राप्त गर्ने छन् । माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले ४ वटा विद्यालयलाई यसअघि नै स्कूल बस प्रदान गरेको थियो । माडी नगरपालिकाभित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले सहुलियत पाउने छन् ।
सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ। सरकारले मन्त्रिपरिषद्मा एक महिनाअघि पुगेको शिक्षा विधेयक थाँती...
त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी ता...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयो...
पोखरामा खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुन गइरहेको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” मूल नाराका साथ बुक्स बजार सप्लायर्सले ...
रिया मानन्धर तेस्रो पटक विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन्। द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्...
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् । त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावि...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...