१२ साउन २०८३, मंगलबार

दोलखामा पराजय भएपछि एमाले सचिव थोकरद्वारा राजिनामा

मंसिर १९, २०७९
दोलखामा पराजय भएपछि एमाले सचिव थोकरद्वारा राजिनामा

दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी भएपछि पराजय स्वीकार्दै नेकपा (एमाले) का जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । 

मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा लेख्दै राजिनामा दिने घोषणा गरेका हुन् । माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पराजित गरेका थिए ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका थिए । एमालेको गढ मानिएको दोलखामा माओवादी उम्मेदवारको जित भएपछि एमालेलाई धक्का लागेको छ । अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्