भारतमा प्रहरीले नियन्त्रणमा लिएका एक चोरको बयानले सबैको मन छोएको छ । उनले आफूले चोरी गर्नुको कारण प्रहरीलाई बताएका छन् । जसले सबैको मन छोएको हाे ।
भारतको छत्तीसगढका दुर्ग एसपी डाक्टर अभिषेक पल्लव र चोरबीचको कुराकानीको यो भिडियो भाइरल भइरहेको छ। भिडियोमा चोरले चोरीबाट कमाएको पैसाले गाई, कुकुर र सडकवासीलाई कम्बल दान गर्ने कुरा गरिरहेका छन् ।
भिलाईका यी चोरको भारतभर चर्चा भइरहेका बेला केही दिनअघि दुर्ग जिल्ला प्रहरीले भिलाईमा ४ वटा चोरी गरेको खुलासा गरेको थियो । यस क्रममा प्रहरीले चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ जसमा एक नाबालिग पनि संलग्न छन् । यस्तो अवस्थामा प्रहरीले चोरीको खुलासा गर्ने क्रममा चारै आरोपीलाई मिडियासामु पेश गरेको थियो । त्यसपछि दुर्गका एसपी डा अभिषेक पल्लभले हरेक पटक झैँ प्रत्येक चोरबाट चोरीको कारण थाहा पाउन थाले । कसैले नशाको लागि, कसैले घर चलाउनका लागि चोरी गरेको कुरा गरे, तर यसैबीच एकजना चोर पनि भेटिए जसले जीवन र मानवताको सेवाका लागि चोरी गरेको बताए ।
त्यसपछि पत्रकार सम्मेलनको हलमा सन्नाटा छायो र यो चोरको चोरी टोलीप्रति सबैको चासो बढ्यो । चोरको बोली र शैलीले सबैको मन छोयो । सम्मेलनमा उपस्थित पत्रकारसहित सबै वरिष्ठ प्रहरी अधिकारीहरूले हाँसो रोक्न सकेनन् । उक्त भिडियो सामाजिक सञ्जालमा यति भाइरल भयो कि केहीघण्टामै लाखौँ मानिसमा पुग्यो र यो चोर रातारात हिरो बनेका छन् ।