
बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ ।
हालसम्म विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौँडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।
पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा थ्रीएस सुविधा सम्पन्न रहेको छ । यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ ।
बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा रु. ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन रु. ४० हजार न्यूनतम डाउन पेमेन्ट रु. ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वास, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो । यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरू निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादकमध्ये एक हो ।
नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू रु. २ लाख ६४ हजार ९०० देखि रु. २५ लाख १५ हजारसम्म पर्दछ ।
मूल्यसूची

बेनेलीको बारेमाः
बेनेली एक प्रिमियम मोटरसाइकल निर्माता हो जुन १९९१ मा स्थापना भएको थियो । यसमा प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु समावेश छन् जुन बलियो र स्पोर्टी दुवै छन् । बेनेलीका उत्पादनहरू सबै प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्र्ने गरी डिजाइन गरिएको छ । यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ । यसका मोटरसाइकलहरू रुप र व्यवहारिकताको एक उत्तम संयोजन हुन्, र यसले भावनात्मक सम्बन्ध जगाउँछ ।
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडको बारेमाः
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड बेनेली र कीवे ब्रान्डका सवारीसाधनहरूको नेपालको लागि आधिकारिक बिक्रेता हो । विगत सात वर्षदेखि सञ्चालनमा आएको यो कम्पनीले नेपालभर बेनेली र कीवेका सवारीसाधन बिक्री वितरण गर्दै आइरहेकोे छ । यो हाल पञ्चकन्या समूह, गोल्छा अर्गनाईजेशन र सारडा समूहको संयुक्त उद्यम हो । हाल यसका कुल २२ वटा आउटलेटहरू रहेका छन् जसमा बिक्री र स्पेयर पार्ट्सदेखि सर्भिसिङ्गलगायतका थ्रीएस सुविधाहरू उपलब्ध छन् ।