माघ ८, २०७९
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रुपैयाँले दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख...
बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ ।
हालसम्म विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौँडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।
पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा थ्रीएस सुविधा सम्पन्न रहेको छ । यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ ।
बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा रु. ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन रु. ४० हजार न्यूनतम डाउन पेमेन्ट रु. ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वास, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो । यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरू निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादकमध्ये एक हो ।
नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू रु. २ लाख ६४ हजार ९०० देखि रु. २५ लाख १५ हजारसम्म पर्दछ ।
मूल्यसूची
बेनेलीको बारेमाः
बेनेली एक प्रिमियम मोटरसाइकल निर्माता हो जुन १९९१ मा स्थापना भएको थियो । यसमा प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु समावेश छन् जुन बलियो र स्पोर्टी दुवै छन् । बेनेलीका उत्पादनहरू सबै प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्र्ने गरी डिजाइन गरिएको छ । यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ । यसका मोटरसाइकलहरू रुप र व्यवहारिकताको एक उत्तम संयोजन हुन्, र यसले भावनात्मक सम्बन्ध जगाउँछ ।
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडको बारेमाः
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड बेनेली र कीवे ब्रान्डका सवारीसाधनहरूको नेपालको लागि आधिकारिक बिक्रेता हो । विगत सात वर्षदेखि सञ्चालनमा आएको यो कम्पनीले नेपालभर बेनेली र कीवेका सवारीसाधन बिक्री वितरण गर्दै आइरहेकोे छ । यो हाल पञ्चकन्या समूह, गोल्छा अर्गनाईजेशन र सारडा समूहको संयुक्त उद्यम हो । हाल यसका कुल २२ वटा आउटलेटहरू रहेका छन् जसमा बिक्री र स्पेयर पार्ट्सदेखि सर्भिसिङ्गलगायतका थ्रीएस सुविधाहरू उपलब्ध छन् ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रुपैयाँले दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख...
नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जीव ...
अष्ट्रेलिया जाने नेपालीलाई अब नेपालबाटै सूचना प्रविधि (आईटी) अन्तर्गत सफ्टवेयर तथा वेब डेभलपेन्टको तालिम शुरू भएको छ । यसका लागि अष्ट्रेलियामा रहेको डेन्टेड कोडले अब नेपालमा सफ्टवयर एवं वेब डेभलपमेन्ट ...
छिमेकी मुलुकबाट अवैध रूपमा नक्कली लुब्रिकेन्ट बिक्री वितरण भइरहेको भन्दै म्याक लुब्रिकेन्टले कारबाही गर्ने चेतावनी दिएको छ। वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौरलगायतका ठाउँबाट केही समयदेखि ...
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
नेपाल मुद्रण उद्योग महासंघ (एफएनपीए)को नवौं साधारण सभा यही माघ २१ गते काठमाडौंमा हुने भएको छ । अनुपम फूडल्यान्डमा हुने साधारणसभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल प्रमुख अथिति रहने महासंघले ...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...