पोल्यान्डबाट बेलायत गइरहेको ईजीजेट विमानमा बम भएको हुन सक्ने आशंकापछि त्यसलाई चेक गणतन्त्रतर्फ लगिएको द डेली मेल पत्रिकाले खबर दिएको छ ।
क्राकोबाट ब्रिस्टोलका लागि साढे दुई घन्टाको उडानमा विमान एक घन्टा उडेपछि चेक गणतन्त्रको राजधानी प्रागको भाक्लाभ हाभेल विमानस्थलमा अवतरण गरेको थियो ।
घटना स्थानीय समयअनुसार राति १०ः५० मा भएको हो ।
प्राग विमानस्थलले ट्वीट गरी लेख्यो, ‘विमानमा बम रहेको सम्भावना छ । यात्रु तथा अन्य विमानको सुरक्षाका लागि प्रहरीले काम गरिरहेको छ ।’
चेक प्रहरीले शंकास्पद वस्तुलाई निष्क्रिय पार्नका लागि टोलीहरू पुगेको जनाएको छ ।
अनुसन्धानकर्मीहरूले विमानमा छानबिन गर्नुअघि सबै यात्रुलाई बाहिर पठाएक थिए ।
पछि विमानमा कुनै खतरनाक वस्तु नभेटिएको प्राग विमानस्थलका अधिकारीहरूले बताए ।