२४ जेठ २०८३, आइतबार

स्कार्फले टाउको नछोपी खेलमा सहभागी भएकी इरानी खेलाडीको घर भत्काए अधिकारीहरूले (भिडियो)

मंसिर १९, २०७९
स्कार्फले टाउको नछोपी खेलमा सहभागी भएकी इरानी खेलाडीको घर भत्काए अधिकारीहरूले (भिडियो)

इरानी अधिकारीहरूले देशकी रक क्लाइम्बर खेलाडी एल्नाज रेकाबीको घर भत्काएका छन् । 

रेकाबीले टाउको नछोपिकन दक्षिण कोरियामा आयोजित प्रतियोगितामा भाग लिएको भन्दै उनको घर ध्वस्त पारिएको हो । 

भत्किएको घरको भग्नावशेष अगाडि उभिएर उनका भाइ दाऊद रोएको भिडियो सार्वजनिक भएको छ । 

रेकाबी दक्षिण कोरियाबाट अक्टोबर महिनामा फर्किएपछि उनी र भाइ दाऊद दुवैलाई पक्राउ गरिएको थियो । 

माहसा अमिनी नामक युवतीको मृत्यु प्रहरी हिरासतमा भएपछि देशभरि कठोर इस्लामी नियमको विरोधमा प्रदर्शन भएका थिए । रेकाबीले पनि टाउको छोप्ने वस्त्र नलगाएर प्रदर्शनमा एक्यबद्धता जाहेर गरेको आशंका गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्