१६ असार २०८३, मंगलबार

नाकाबन्दीको न्यून प्रभाव : कतार र टर्कीले गरे नयाँ व्यापार सम्झौता

कात्तिक २०, २०७४
नाकाबन्दीको न्यून प्रभाव : कतार र टर्कीले गरे नयाँ व्यापार सम्झौता

काठमाडौं, २९ साउन — टर्की र कतारले शनिवार खाद्यान्न तथा निर्माण क्षेत्र अनि औषधि उद्योगमा १५ वटा नयाँ व्यापार तथा सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।


कतारका चेम्बर महानिर्देशक सलेह हमाद अल–शर्कीले सिद्धान्ततः यी सम्झौतामाथि अगस्टको शुरुमै सहमति बनेको र अहिले आधिकारिक सील लागेको बताए । खाद्यान्न र निर्माण क्षेत्रका अलावा यातायात, बन्दोबस्ती र प्लास्टिक उद्योगमा पनि सम्झौता भएको अल–शर्की बताउँछन् ।

टर्कीले कतारमा जुन महिनामा पाँच करोड २४ लाख डलरको सामान निर्यात गरेको थियो भने कतारबाट टर्कीमा दुई करोड ३७ लाख डलरको सामान निर्यात भएको थियो ।

अरब मुलुकहरूले जुन ५ मा कतारविरुद्ध नाकाबन्दी लगाएपछि टर्कीले कतारलाई २२० भन्दा बढी मालवाहक विमानमार्फत दैनिक प्रयोग हुने वस्तु पठाइरहेको छ । यसकारण नाकाबन्दी फ्लप भएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्