०१ असार २०८३, सोमबार

मानवअधिकार तथा शान्ति समाजले गर्‍यो आर्थिक सहयोग

मंसिर २०, २०७९
मानवअधिकार तथा शान्ति समाजले गर्‍यो आर्थिक सहयोग

विश्व स्वयंसेवक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले असहाय गाई बाच्छा संरक्षण अभियानका लागि १५ हजार १०० संकलन गरी हस्तान्तरण गरेको छ ।

शान्ति समाज काठमाडौं शाखाको तर्फबाट असहाय गाई बाच्छाको भोजनका लागि १५ हजार १०० रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइएको अध्यक्ष भगवान् पुडासैनीले जानकारी दिए ।

अभियानले सडकमा छोडिएका करीब २०० गाई बाच्छालाई सहारा दिँदै आएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा करीब १०० रोपनी जग्गा उपलब्ध गराएको छ ।

यसै अवसरमा बागमती नदी किनारमा विभिन्न जातका फलफूलका बिरुवा समेत रोपिएको छ । कफी तथा जामुनका बिरुवा रोपिएको छ । ती बिरुवा हुर्काउने प्रतिबद्धता समेत व्यक्त गरिएको उनले सुनाए ।

समाजले नियमित रूपमा वृक्षरोपण अभियान पनि चलाउँदै आएको छ ।

स्वयंसेवक दिवसकै अवसरमा शाखाले बागमती सफाइ समेत सम्पन्न गरेको छ । शाखा गुह्येश्वरीमाथिको बागमती सफाइ अभियानमा सहभागी हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्