१५ असार २०८३, सोमबार

अनुसन्धान सहयोगका लागि प्रस्ताव पेश गर्न नाष्टको आव्हान

मंसिर २०, २०७९
अनुसन्धान सहयोगका लागि प्रस्ताव पेश गर्न नाष्टको आव्हान

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोगका लागि विभिन्न विधामा प्रस्ताव आव्हान गरेको छ । नाष्टले आज सूचना सार्वजनिक गर्दै सो आव्हान गरेको हो ।

नाष्टले बजेटको अधिकतम सीमा व्यक्ति, समूहगतको अनुसन्धानका लागि बढीमा पाँच लाख रुपियाँदेखि १२ लाख रुपियाँसम्मको प्रस्ताव आव्हान गरेको छ ।  

यसैबीच, माध्यमिक विद्यालय स्तरका नवप्रवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बढीमा ५० हजार रुपियाँ, क्याम्पस स्तर (स्नातक) का विद्यार्थीबाट गरिने अनुसन्धानात्मक एवम् नवप्रवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि एक लाख रुपियाँ र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरुले गर्ने अनुसन्धान वा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्न बढीमा एक लाख रुपियाँ प्रदान गर्ने पनि जनाएको छ । 

आर्थिक वर्ष २०७९-८० देखि सञ्चालित युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत ४० वर्ष ननाघेका युवा वैज्ञानिकलाई सो प्रस्ताव पेश गर्न संस्थाले आग्रह गरेको छ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिनभित्र प्रस्ताव पेश गरिसक्न संस्थाले भनेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्