
नारायणगढ–मुग्लिन सडक खण्डमा मंगलवार बिहान टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता विजयाराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा२ख ७४६२ नम्बरको टिप्पर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो ।
इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिप्पर खसेको उनले जानकारी दिए ।