०३ साउन २०८३, आइतबार

गगन र शेखरलाई एउटै मञ्चमा राखेर गुरुले भने– संसदीय दलमा एक ढिक्का हुन्छौँ

मंसिर २०, २०७९
गगन र शेखरलाई एउटै मञ्चमा राखेर गुरुले भने– संसदीय दलमा एक ढिक्का हुन्छौँ
फाइल तस्वीर

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले संसदीय दलको निर्वाचनमा संस्थापन इतर नेताहरू एकढिक्का हुने बताएका छन् । मंगलवार विराटनगरमा आयोजित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचान कार्यक्रममा नेता घिमिरेले संसदीय दलमा नेताहरू एक ढिक्का हुने बताएका हुन् । 

संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले उम्मेदवारी दिने बताएका छन् । ‘संसदीय दलको चुनावमा के होला भन्ने तपाईंहरुको चासो छ, ढुक्क हुनुस् एक ढिक्का हुन्छौँ’, शेखर कोइराला, गगन थापालगायत नेताहरूलाई हेर्दै घिमिरेले भने । 

घिमिरेको लोकान्तर डट्कममा प्रकाशित लेखहरूको संग्रह ‘बाटो बिराएको राजनीति’ लोकान्तर सञ्चार प्रालिले प्रकाशित गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्