१७ असार २०८३, बुधबार

युक्रेनमा जस्तै अमेरिकाका विद्युत् स्टेसनमा आक्रमण, संकटकाल घोषणा

मंसिर २०, २०७९
युक्रेनमा जस्तै अमेरिकाका विद्युत् स्टेसनमा आक्रमण, संकटकाल घोषणा

अमेरिकाको नर्थ क्यारोलाइनामा रहेका दुईवटा विद्युत् स्टेसनमा आक्रमण गरी हजारौं मानिसलाई असर पार्ने घटना सार्वजनिक भएपछि एफबीआईलाई अनुसन्धानका लागि बोलाइएको छ । 

मूर काउन्टीभरि विभिन्न कार्यालय, पसल र रेस्टुराँहरू बन्द हुन बाध्य भएका छन् । ट्राफिक बत्ती निभेका छन् र आपतकालीन आश्रयस्थल बनाइएका छन् । 

राज्यभरि संकटकाल घोषणा गरिएको छ । सोमवार विद्यालयहरू बन्द गरिएका थिए भने मंगलवार पनि बन्द नै रहनेछन् । 

शुक्रवारसम्म रातिरातिका लागि कर्फ्यु लगाइएको छ । 

कुल ३८ हजार घर विद्युत् आपूर्तिको अभाव झेलिरहेका छन् । जाडोमा कठ्यांग्रिने स्थिति रहेकोमा बिजुलीबत्ती नहुँदा स्थानीयहरूको बिजोक भएको छ । 

नर्थ क्यारोलाइनाका गभर्नर रोय कूपरले यस घटनाबाट नयाँ किसिमको जोखिम तेर्सिएको बताए । विद्युत् ग्रिड लगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाका लागि थप प्रभावकारी उपाय अपनाइनुपर्ने बताएका छन् । 

यस आक्रमणलाई घरेलु आतंकवादका रूपमा अनुसन्धान गरिन्छ कि भनी सोध्दा अनुसन्धानकर्मीहरूले सबै कोणबाट हेरिरहेको कूपरले बताए । 

आपराधिक उद्देश्यका साथ कसैले विद्युत् स्टेसनमा गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।

रुसले युक्रेनका विद्युत् संरचनामा आक्रमण गरी युक्रेनीहरूलाई कठ्यांग्रिदो जाडोमा बस्न बाध्य बनाएको जस्तै अमेरिकामा आएको हो । 

salt training

कमेन्ट गर्नुहोस्