३१ जेठ २०८३, आइतबार

हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु

मंसिर २०, २०७९
हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु
फाइल तस्वीर

मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलवार एक वृद्वको मृत्यु भएको छ । हात्तीले  सुन्दरहरैँचा १०  स्थित  त्रिवेणीचोक उत्तरतर्फको जंगलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । 

बास्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बास्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ । पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आतंक मच्चाउने गरेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्