
व्यापारीहरूलाई ‘हनि ट्रयाप’मा पारेर ठगी गर्ने यूट्युबर पक्राउ परेकी छन् ।
भारतको हरियाणास्थित गुरुग्राम प्रहरीले यूट्युबर नामरा कादिरलाई पक्राउ गरेको हो ।
नामराले व्यापारीलाई फसाएर १ करोड १२ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले पतिसँग मिलेर ठगी गर्ने गरेको बताइन्छ । उनी विवाहित हुन् र उनका १ बच्चा पनि छन् । उनका पति विराट बेनीवाललाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ ।
नामराले यूट्युबर भएको आधारमा सम्बन्ध बनाएर व्यापारीलाई बलात्कारको आरोपमा फसाउने धम्की दिँदै असूली गर्ने गरेकी आरोप छ । पीडित व्यापारीले उजुरी दिएपछि उनीमाथि छानबिन थालिएको हो । नामराको यूट्युबमा ६ लाखभन्दा बढी र इन्स्टाग्राममा २ लाख बढी फलोअर्स छन् ।