×

NMB BANK
NIC ASIA

सिद्धार्थ बैंकद्वारा १३.१६ प्रतिशतको लाभांश घोषणा

मंसिर २१, २०७९

NTC
Premier Steels

सिद्धार्थ बैंक सञ्चालक समितिको ४०२औँ बैठकले आ.व. २०७८/७९ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२.५० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

Muktinath Bank

मंगलवार बसेको बैठकले बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु. १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ को १२.५० प्रतिशत बराबरको रु १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ बोनस शेयर तथा ०.६६ प्रतिशत बराबरको रु. ८ करोड २३ लाख ९७ हजार ५४५ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निरन्तर उल्लेख्य प्रगति गरी शेयरधनीहरूलाई आकर्षक प्रतिफल प्रदान गर्दै आएको यस बैंकको आ.व. २०७९÷८० को पहिलो त्रैमासमा वर्तमान विषम बजार अवस्थाका कारण साँवा तथा ब्याज रकम असुलीमा देखिएको कठिनाईलाई मध्यनजर गरी केही कर्जाहरूमा बैंकले डायनामिक कर्जा नोक्सानी व्यवस्था गरेको कारण यस बैंकको नाफामा देखा परेको केही संकुचन त्यस्ता कर्जाहरूबाट बैंकले उल्लेख्य रुपमा बक्यौता रकम असुली गरी सकेको हुँदा दोस्रो त्रैमासमा बैंकको समग्र वित्तिय अवस्थामा सन्तोषजनक सुधार आउने बैंकले विश्वास लिएको छ । 


Advertisment
Nabil box
Kumari

सिद्धार्थ बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग, २१५ एटीएम, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पार्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x