३१ जेठ २०८३, आइतबार

गोरा जातिवादीहरूलाई निन्दा नगरेकोमा ट्रम्पको आलोचना

कात्तिक २०, २०७४
गोरा जातिवादीहरूलाई निन्दा नगरेकोमा ट्रम्पको आलोचना

काठमाडौं, २९ साउन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गोरा जातिवादीहरूको एक –यालीमा भएको हिंसालाई निन्दा नगरेकोमा आलोचना भएको छ ।


भर्जिनियाको चार्लोट्सभिलमा जम्मा भएका विरोधीहरूको भीडमा एउटा कार जोत्दा एक महिलाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

ट्रम्पले ‘धेरै पक्षबाट’ भएको हिंसालाई निन्दा गरेपनि उग्रदक्षिणपन्थीहरूलाई प्रस्ट रूपमा भर्त्सना गरेनन् ।

रिपब्लिकन सिनेटर कोरी गार्डनरले भने, ‘राष्ट्रपतिज्यू, हामीले खराबलाई खराबै भन्नुपर्छ ।’

उनले थपे, ‘उनीहरू गोरा जातिवादी हुन् र यो घरेलु आतंकवाद हो ।’

सयौं गोरा राष्ट्रवादीहरू शनिवार भेला भएर ‘दक्षिणपन्थीहरू एक होऔं’ प्रदर्शनमा भेला भएका थिए ।

उग्रदक्षिणपन्थी प्रदर्शनकारीहरूमा नवनाजी तथा क्लु क्लक्स क्लानका सदस्यहरूले विरोधीहरूसँग भिडेका थिए ।

मानिसहरूले एकअर्कालाई गोद्ने र लात हान्ने गरेका थिए र दुवै पक्षले चलाएको खुर्सानी स्प्रेले वातावरण नै पीरो भएको थियो ।

–याली तितरबितर गरिएपछि एउटा कार विरोधीहरूमा जोतिएका थियो जसका कारण केही मानिसहरू हावामा उडेका थिए ।

गाडी चलाउने जेम्स फील्ड्सलाई पक्राउ गरिएको छ र एफबीआईले अनुसन्धान शुरु गरेको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्