१७ असार २०८३, बुधबार

खाद्य संस्थानले शुक्रवारदेखि किसानको धान खरिद गर्ने

मंसिर २१, २०७९
खाद्य संस्थानले शुक्रवारदेखि किसानको धान खरिद गर्ने

राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रवारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले  खाद्यले धान खरिद गर्न लागेको हो ।  

बजेटसँगै  निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको उक्त केन्द्रको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताए । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मसिनो धान ३ हजार १२८ रुपैयाँ मूल्य तोकेको  छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

बर्दियाको गुलरियास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यसवर्ष ५० हजार २५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो । रासस

salt training

कमेन्ट गर्नुहोस्