
काठमाडौं २९ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बाढी र डुवानका कारण देशका विभिन्न स्थानमा जनधनको क्षती भएपछि राहत र उद्धारको विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका सहयोगीहरुले जानकारी दिए । मन्त्रिपरिषद्को बैठक अघि कांग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल हुँदैछ ।