माघ १२, २०७९
अर्थ मन्त्री विष्णु पौडेलले भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न निर्देशन दिएका छन्। आज बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि क...
विदेशी मुद्राको सञ्चिति जोगाउन गत वैशाखदेखि लगाइएको आयात प्रतिबन्ध अन्ततः खुलेको छ । विदेशी मुद्रा जोगाउन खोज्दा अर्थतन्त्र खुम्चिएको र राजस्व संकलन प्रत्यक्ष प्रभावित भएको कारण आयात खुला गरिएको हो ।
केन्द्रीय बैंकले आयात गर्नुपर्ने अधिकांश वस्तुमा नगद मार्जिन राख्ने, नगद मार्जिनको सीमा १५० प्रतिशतसम्म तोक्ने, घरजग्गा, शेयर बजारमा लगानी गर्न कडाइ गर्ने र सकेसम्म डलर खर्च हुन नदिने नीति लिए पनि त्यो अर्थतन्त्रका लागि नकारात्मक बनेको भन्दै निजी क्षेत्रले विरोध जनाउँदै आएको थियो ।
राष्ट्र बैंककै सिफारिसमा सरकारले गत वैशाखदेखि विभिन्न प्रकारका १० वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो ।
भदौमा ६ वस्तुको प्रतिबन्ध खुलेको भए पनि ३०० डलरमाथिको स्मार्ट फोन, १५० सीसीमाथिको दुईपाङ्ग्रे सवारी, निजी कार, जीप, भ्यान र मदिराको आयात भने मंसिर महिनाभर प्रतिबन्धकै सूचीमा थियो ।
प्रतिबन्ध लागेको करीब ८ महिनापछि पुसदेखि लागू हुने गरी मात्रै सरकारले ती वस्तुको आयात खुला गरिदिएको हो ।
विलासिताका वस्तुको सूचीमा राखेर प्रतिबन्ध लगाएका कारण सरकारले हालसम्म २६ अर्बभन्दा बढी राजस्व गुमाएको भन्सार विभागको आकलन छ । यस्तो राजस्व सबैभन्दा बढी सवारी आयात नहुँदा गुमेको छ । सबै प्रकारका मदिरा र मोबाइलबाट पनि गुमेको यस्तो राजस्वको हिस्सा जोड्दा करीब २६ अर्ब रुपैयाँ पुगेको अनुमान छ ।
भन्सार विभागका प्रवक्ता पुन्यविक्रम खड्काका अनुसार एकातर्फ राजस्व संकलनमा कमी आएको छ भने अर्कातर्फ प्रतिबन्धकै कारण घटेको भन्सार राजस्वले अर्थतन्त्रमै नकारात्मक असर पर्ने देखिएको छ ।
नेपालमा सबै प्रकारका विदेशी मदिरा आयातमा प्रतिबन्ध लागेको भए पनि बजारमा अभाव थिएन ।
अवैध बाटोबाट आएरै मदिरा बजारमा छ्यापछ्याप्ती भइरहेको अवस्थामा आयात रोक्दा अर्थतन्त्रमा नकारात्मक असर मात्रै परेको देखियो ।
मदिरा आयात रोक्दा बजारमा अभाव नहुने र राजस्व पनि नआउने अवस्था सिर्जना भयो ।
प्रतिबन्धले वार्षिक १ खर्बको कारोबार गर्ने अटो क्षेत्र प्रभावित भयो । भन्सार विभागका अनुसार सवारी साधनमा ३ सय प्रतिशतसम्म भन्सार लाग्ने भएकाले यसबाट सरकारले पाउने राजस्वमा सबैभन्दा बढी असर परेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार प्रतिबन्धपछि सवारी साधनमा मात्रै राज्यले चालू आवको पहिलो ३ महिनामा २१ अर्ब रुपैयाँ राजस्व गुमाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा मात्रै ३४ अर्ब रुपैयाँ राजस्व सवारी साधन र यसका पाटपूर्जा आयात बाट संकलन भएको थियो ।
यो वर्षको तीन महिनामा जम्मा १३ अर्ब मात्रै राजस्व आम्दानी भएको छ ।
राजस्व लक्ष्य भेट्न मुस्किल
सरकारको राजस्व संकलन लक्ष्य भेट्न असम्भवप्रायः देखिएको छ ।
चालू आवको पहिलो चार महिनामा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन भएको छ । सरकारले चालू आवको कात्तिकसम्ममा ३ खर्ब ७१ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।
संकलित राजस्व लक्ष्यभन्दा ७९ अर्ब ३८ करोड २१ लाख रुपैयाँले कम देखिएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।
उनका अनुसार यो अवधिमा जम्मा २ खर्ब ९१ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
महालेखा नियन्त्रकको तथ्यांकअनुसार १९ मंसिरसम्ममा आइपुग्दा जम्मा २ खर्ब ९८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।
सरकारले हालसम्म विभिन्न स्रोतबाट प्राप्त गरेको रकम ३ खर्ब २६ अर्ब मात्रै हुँदा सरकारको खर्च भने ३ खर्ब ९५ अर्ब रुपैयाँ पुगिसकेको छ ।
यसबीचमा आयात प्रतिबन्धले मारमा परेको निजी क्षेत्रले दबाबमूलक आन्दोलन समेत अगाडि बढाएको थियो ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयात खुला गर्नुपर्ने, केन्द्रीय बैंकले सहजीकरण गर्नुपर्ने र व्यावसायिक वातावरण बनाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो ।
नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले आयात रोकेका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको, निजी क्षेत्रको व्यापारमा असर गरेको र अर्थतन्त्र खुम्चिएको दाबी गरे ।
व्यवसायीहरूको दबाबपछि अन्ततः प्रतिबन्ध खोल्न सरकार बाध्य भयो ।
आईएमएफको समेत चासो
नेपालले ८ महिनादेखि आयात नियन्त्रण गरेको तथा केही वस्तुमा प्रतिबन्ध लगाएको विषयमा विश्व बैैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएमएफ)ले समेत चासो देखाएको थियो ।
आईएमएफले खुला बजार अर्थतन्त्रमा आयात रोक्न नहुने भन्दै खुला छाड्न आग्रह गरेको थियो ।
आयात रोकिएकै कारण आइएमएफले नेपाललाई दिने विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जाको किस्ता रोकिएको छ ।
आईएमएफले पहिलो किस्ताबापतको ११ करोड अमेरिकी डलर पुस २८ गते निकासा गरेको थियो । त्यसपछि थप किस्ता पठाएको छैन । नेपालसँग भएको सम्झौता अनुसार ३८ महिना भित्रमै उक्त रकम आइसक्नुपर्ने छ ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार आईएमएफले पैठारीमा प्रतिबन्ध नलगाउन र ब्याजदर खुला छाड्न भनेको छ । खुला बजार अर्थतन्त्रमा पैसा हुनेले विलासिताका सामान प्रयोग गर्ने र त्यसबाट राज्यलाई राजस्व आउनुका साथै अर्थतन्त्र पनि चलायमान हुने हुन्छ ।
विदेशी मुद्रा जोगाउन खपत नै कम गर्ने, निर्यात बढाउनेसहितको विकल्पमा जानुपर्ने उनको सुझाव छ ।
सरकारले विदेशी मुद्रा जोगाउन आयातमा प्रतिबन्ध लगाउनेसहितका निर्णय गरेको भए पनि अपेक्षित सुधार भने हुन सकेको छैन । ०७७ पुसमा १२ अर्ब ७८ करोड डलर विदेशी मुद्रा सञ्चित रहेकोमा त्यसपछि १६ महिनासम्म निरन्तर घट्दै गएको छ । थोरै तलमाथि हुने गरेको भए पनि एक वर्ष अगाडिको लयमा पनि फर्कन सकेको छैन ।
१६ महिनाको विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति:
१५ महिनादेखि देश भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात् भुक्तानी सन्तुलन शोधनान्तर) घाटामा छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार १५ महिना अगाडिसम्म १२४ अर्ब बचतमा रहेको शोधनान्तर स्थिति त्यसपछि निरन्तर घाटामा गएको छ । गत असोज महिनादेखि भने बल्ल १२ अर्ब ४३ करोड शोधनान्तर बचतमा आउन थालेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।
पछिल्लो १६ महिनाको अर्थ चित्र (रकम रु.अर्बमा) :
स्रोतः नेपाल राष्ट्र बैंक/भन्सार विभाग/महालेखा नियन्त्रकको कार्यालय
अर्थ मन्त्री विष्णु पौडेलले भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न निर्देशन दिएका छन्। आज बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि क...
रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको ३१० र अंगुर हरियोको १९० रुपैयाँ प्रतिकिलो औसम मूल्य रहेको छ । यसैगरी ...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार सम्हालेको ११ माघमा एक महिना पूरा भएको छ । अर्थमन्त्रीको रूपमा पौडेल आएपछि आमनागरिक र निजी क्षेत्रको अपेक्षा एकाएक बढेको थियो । हुन त मन्त्री तथा प्रधानमन्त्रीको...
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ । भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानका...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...