२२ असार २०८३, सोमबार

यसवर्षको हिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल बन्ने, कलाकारहरू दोहोरिन्छन् ?

मंसिर २१, २०७९
यसवर्षको हिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल बन्ने, कलाकारहरू दोहोरिन्छन् ?

यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ । निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए । 

यतिबेला महेश दवाडीले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । निर्माता एवं निर्देशक देउजाका अनुसार वर्ष २०८० मा फिल्मको सुटिङ शुरु गरिनेछ । 

दुई छोराबीचको झगडाका कारण आमा वृद्धाश्रम गएपछि ‘झिँगेदाउ’को कथालाई बिट मारिएको थियो । त्यहीँबाट सिक्वेलको कथा उठान हुनेछ । 

निर्माता एवं निर्देशक देउजाले लोकान्तरसँग भने, ‘जहाँबाट ‘झिँगेदाउ’ सकिएको थियो, त्यहीबाट सिक्वेलको कथा शुरु हुनेछ । त्यहीअनुसार यतिबेला कथामा काम भइरहेको छ ।’

साहित्यकार भीमनीधि तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको ‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट लगायतको शीर्ष भूमिका छ । 

‘झिँगेदाउ २’ मा पनि यीनै पाँचजना कलाकारहरूलाई दोहो¥याउने निर्माता एवं निर्देशक देउजाको योजना छ । ‘सिक्वेल भएपछि कलाकार पुरानै दोहोरिनुहुनेछ’, उनले भने, ‘तर, पहिले स्क्रिप्ट फाइनल होस् । त्यसपछि मात्र उहाँहरुसँग कुरा अगाडि बढाउँछु ।’ 

पुराना सफल निर्देशक देउजाले ‘झिँगेदाउ’मार्फत करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका थिए ।

कमब्याक फिल्म हिट भएसँगै यतिबेला निर्देशक देउजाको हातमा अन्य फिल्महरू समेत पाइपलाइनमा छन् । निर्माता छविराज ओझासँग मिलेर उनले ‘जेल ब्रेकर’ निर्देशन गर्दैछन् । बाहिरी ब्यानरको दुईवटा फिल्मको निर्देशनसमेत उनले गर्दैछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्