माघ १२, २०७९
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सरस्वती पूजाको शुभ दिन पारेर बिहीवार फस्टलुक ...
काठमाडाैं | मंसिर २१, २०७९
यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ । निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए ।
यतिबेला महेश दवाडीले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । निर्माता एवं निर्देशक देउजाका अनुसार वर्ष २०८० मा फिल्मको सुटिङ शुरु गरिनेछ ।
दुई छोराबीचको झगडाका कारण आमा वृद्धाश्रम गएपछि ‘झिँगेदाउ’को कथालाई बिट मारिएको थियो । त्यहीँबाट सिक्वेलको कथा उठान हुनेछ ।
निर्माता एवं निर्देशक देउजाले लोकान्तरसँग भने, ‘जहाँबाट ‘झिँगेदाउ’ सकिएको थियो, त्यहीबाट सिक्वेलको कथा शुरु हुनेछ । त्यहीअनुसार यतिबेला कथामा काम भइरहेको छ ।’
साहित्यकार भीमनीधि तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको ‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट लगायतको शीर्ष भूमिका छ ।
‘झिँगेदाउ २’ मा पनि यीनै पाँचजना कलाकारहरूलाई दोहो¥याउने निर्माता एवं निर्देशक देउजाको योजना छ । ‘सिक्वेल भएपछि कलाकार पुरानै दोहोरिनुहुनेछ’, उनले भने, ‘तर, पहिले स्क्रिप्ट फाइनल होस् । त्यसपछि मात्र उहाँहरुसँग कुरा अगाडि बढाउँछु ।’
पुराना सफल निर्देशक देउजाले ‘झिँगेदाउ’मार्फत करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका थिए ।
कमब्याक फिल्म हिट भएसँगै यतिबेला निर्देशक देउजाको हातमा अन्य फिल्महरू समेत पाइपलाइनमा छन् । निर्माता छविराज ओझासँग मिलेर उनले ‘जेल ब्रेकर’ निर्देशन गर्दैछन् । बाहिरी ब्यानरको दुईवटा फिल्मको निर्देशनसमेत उनले गर्दैछन् ।
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सरस्वती पूजाको शुभ दिन पारेर बिहीवार फस्टलुक ...
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए । केही ...
अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘सतीदेवी’को निर्माण हुने भएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण एवं निर्देशनमा निर्माण हुने चलचित्रको छायाँकन आगामी महिनादेखि सुरु हुनेछ ।&...
गत महिना प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन् । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले राम्रो हाइप बनाएपनि चलचित्र हेर्न दर्शक...
गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पारेर बिहीवार बिहान सार्वजनिक गरिएको गीतमा शब्द एवं संगीत गायक अ...
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्य...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...