माघ २०, २०७९
माछापुच्छ्रे बैंक लिमिटेड र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रेका ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्यसम्बन्धी सुविधा...
आइएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत्जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधवार सार्वजनिक गरेको छ । ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बनेका छन् । मलेसियाबाट आइएमईमार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका हुन् ।
बुधवार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्रमार्फत नतिजा सार्वजनिक गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समय–समयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । आइएमई सबैको माया र विश्वासप्राप्त ब्राण्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्राण्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया शुरु भएको जानकारी गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका ब्राण्ड एम्बासडर एवं वरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे । ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए ।
यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम सञ्चालनमा ल्याइएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १ – नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिनसम्म सञ्चालनमा ल्याइएको थियो । अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था मिलाइएको थियो । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १० लाख उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।
आइएमई लिमिटेडका बारेमा
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा आरम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा
‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।
माछापुच्छ्रे बैंक लिमिटेड र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रेका ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्यसम्बन्धी सुविधा...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अंकले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ । ...
एनएमबी बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटीएम खोलेको घोषणा गरेको छ । एटीएमले ग्राहक र पर्यटकहरूलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टे...
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४ औं शाखा ललितपुर महानगरपालिकाको वडा नम्बर २८ को हात्तीवनमा आज सञ्चालनमा ल्याएको छ। यस शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पू...
'इण्टिलेक्चुअल ग्रोथ' नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ दिने 'ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न गरेको छ । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचा...
माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रो...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...