माघ १४, २०७९
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो । नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १८९ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४४ बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३० रन जोडे । अर्जुन साउद २९ रनमा आउट भए । आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए । आसिफ शेखले ७ रन जोडे । नामिबियाका लागि टाँगेनी लुङ्गामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियोे । नामिबियाका लागि मिचेल भान लिङ्गेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।
त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडे ।
नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सागर ढकालले १ विकेट हात पारे । यस सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ । यस जितसँगै नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । नेपाल २३ खेलमा १८ अङ्कसहित छैठौँ स्थानमा रहेको छ । यस सिरिजमा नेपालले आफ्नो अन्तिम खेल भोलि स्कटल्याण्डसँग खेल्नेछ ।
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेभएको छ । ललितपुर टेबल टेनिस क्लवले आइतवार पत्रकार सम्मेलन गरी टेबल टेनिस प्रतियोगिता म...
नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विका...
भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको &ls...
नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरूले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन्। क्यानका केन्द्रीय सदस्...
क्रिकेटर सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । बलात्कार आरोप लागेका सन्दीप हालै शर्तसहित धरौटीमा रिहा भएका थिए । रिहा पछि पहिलो पटक सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया बाहि...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...