काभ्रे २९ साउन – तराईका विभिन्न जिल्लाका बाढी पीडितहरुको सहयोगको लागि काभे्रको धुलिखेल नगरपालिकाले १ लाख ११ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आइतबार काभे्रमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री राहत कोष मार्फत १ लाख ११ हजार १ सय ११ रुपैया राहत रकम सहयोग गर्ने निर्णय भएको नगरपालिकाका मेयर अशोक ब्यान्जुले बताए ।
राहत रकम सोमबार नै प्रधानमन्त्रीलाई उपलब्ध गराउने मेयर ब्यान्जुले जानकारी गराए । उनले भने ‘अविरल बर्षासंगै तराई डुवानमा परेको छ । यो दुखद् अवस्थामा सबै एकजुट भएर सहयोग गर्नुपर्छ ।’ उनले बाढी पीडितलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।