११ असार २०८३, बिहीबार

देशको असहज परिस्थितिमा अनशन अन्त्य गर्न गोविन्द केसीसँग अपिल

कात्तिक २०, २०७४
देशको असहज परिस्थितिमा अनशन अन्त्य गर्न गोविन्द केसीसँग अपिल


काठमाडौँ, २९ साउन - प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न नेपाल सरकारद्वारा गठित वार्ता समितिले मुलुकमा भएको प्राकृतिक प्रकोपमा चिकित्सा सेवाको अपरिहार्यता र आफ्नो बिग्रदो स्वास्थ्यलाई समेत मनन् गर्दै तत्काल अनशन अन्त्य गर्न डा केसीसँग अपिल गरेको छ ।govinda

समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा नागरिक समाजका वरिष्ठ व्यक्तित्व नीलाम्बर आचार्य, प्रा केदारभक्त माथेमा, कनकमणि दीक्षितसमेतको उपस्थितिमा शनिबार प्रा डा केसीले प्रस्तुत गरेका माग सम्बोधन गर्न व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’मा डा केसीद्वारा प्रस्तुत परिमार्जन गरिएका विषयवस्तु समेत समायोजन गरिएको र अन्य माग तत्काल सम्बोधन सकिने व्यहोराका साथ डा केसी र नागरिक समाजका वरिष्ठ व्यक्तित्वबीच सम्पन्न वार्तामा अनशन अन्त्य गर्न अनुरोध गरिएकामा डा केसीले असहमति जनाएको बताइएको छ ।

समितिले आज पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र डा केसीका वार्ता समितिका सदस्यबीच उनका माग सम्बोधनका लागि भएको छलफलका आधारमा पुनः अनशन अन्त्य गर्न गरिएको आग्रह पनि डा केसीले अस्वीकार गरेको जनाएको छ ।

हालसम्म भएका वार्ताका प्रगति र अवस्थाका सम्बन्धमा आजै प्रधानमन्त्रीलाई अवतग गराइएको तथा प्रधानमन्त्रीबाट विभिन्न राजनीतिक दलका प्रमुख, व्यवस्थापिका–संसद्का सदस्य, नागरिक समाजका व्यक्तित्वहरुसँग भएको परामर्श र मुलुक प्राकृतिक प्रकोपको चपेटामा परेका बेला चिकित्सा सेवाको अपरिहार्यतालाई मनन् गरी अनशन अन्त्य गर्न भएको आग्रहलाई पनि डा केसीले पुनः अस्वीकार गरेको वार्ता समितिले आज साँझ प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्