११ साउन २०८३, सोमबार

निर्माण नहुँदै अलपत्र पर्‍यो लखन थापा रंगशाला

मंसिर २४, २०७९
निर्माण नहुँदै अलपत्र पर्‍यो लखन थापा रंगशाला

गुल्मीमा निर्माणधिन लखन थापा अन्तर्राष्ट्रिय फुटवल रंगशाला रकम अभावले अलपत्रजस्तै परेको छ । इश्मा गाउँपालिका ६ अमरपुरको बुल्म चौरमा निर्माणधिन रंगशाला निर्माणको पर्खाइमा बसेको बर्सौ भएको छ । 

राष्ट्रिय खेलकुद परिषदको २ करोड ८० लाख रुपियाँमा माटो काटने, पर्खाल लगाउने र दुवो रोप्ने कार्यका लागि सहयोग गरेको थियो । २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौसँग सम्झौता भए पनि कामले निरन्तरता पाउन सकेन । एक वर्षसम्म काम भए पनि सो पछि रकम अभाव भन्दै कामले गति लिन सकेन । 

निर्माण कार्य अघि बढ्न नसक्दा रंगशालामा लगाइएका पर्खाल पनि भत्किन थालेका छन । मैदानमा खाल्डाखुल्डी परेर समस्या भएको स्थानीय खेलाडीको गुनासो छ । करिब १ अर्व रुपियाँ लागतमा  निर्माण गरिने लक्ष्य लिइएको १०५ मिटर लम्वाई र ६८ मिटर चौडाइको सो रंगशालाका लागि कभर्डहल र स्वीमिङ पुलसहितको डीपीआर तयार गरिएको थियो । 

रकम अभाबका कारण काम अलपत्र परेको राष्ट्रिय खेलकुद परिषद निर्माण शाखाका प्राबिधिक माधब देवकोटाले बताए । आवश्यक बजेट प्राप्त भएमा काम अगाडि बढाउने उनले बताए । रगशाला बनाउने नाममा स्थानीय चौरको पहिचान मेटिए पनि रंगशाला नबन्दा दुःखलागेको स्थानीय ओमबहादुर कुमालले बताए ।

पहिलेको चौरमा गाई बाख्रा चराउने र रातो माटो खनेर दशैंमा घर लिपपोत गर्न सहज भए पनि अहिले रगशाला निर्माणको कामले चौरमा खाल्डाखुल्डी मात्र भएको उनले गुनासो गरे । काम सम्पन्न भएको भए राम्रो हुने थियो, अधुरो काम छाडेर चौर विगार्ने काम मात्र भएको उनले बताए । 

युवाहरुका लागि खेलकुद आवश्यक भएकाले रंगशाला निर्माण गर्नु राम्रो भए पनि काम हुन नसक्दा समस्या भएको स्थानीय कुशुम मुखियाले बताइन् । निर्माणको काम छिटो हुनुपर्ने उनले माग गरिन् । इश्मा गाउँपालिकाले रंगशाला निर्माणका लागि आफूहरुसँग कुनै समन्वय नभएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्