२६ जेठ २०८३, मंगलबार

नेता पेटल आज गुजरात राज्यको मुख्यमन्त्रीको शपथ लिने

मंसिर २६, २०७९
नेता पेटल आज गुजरात राज्यको मुख्यमन्त्रीको शपथ लिने

भारतीय नेता भुपेन्द्र पटेल आज सोमबार गान्धीनगरमा गुजरात राज्यको मुख्यमन्त्रीको शपथ लिनेभएका छन् । उनको मुख्यमन्त्री शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

प्रधानमन्त्री मोदीको गृहनगर गुजरातमा सोमबार २ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । ६० वर्षीय नेता पटेललाई गत शनिबार भारतीय जनता पार्टीले विधायक नेतामा चयन गरेको थियो । कार्यक्रममा भाग लिन प्रधानमन्त्री मोदी आइतबार साँझ गृहनगर गुजरात पुगिसकेका छन् ।

हालै भएको विधानसभा निर्वाचनमा भाजपाले गुजरातको १८२ सिटमध्ये १५६ सिटमा विजयी निकालेको थियो । भाजपाको यो नियमित सातौं पटकको विजय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्