०९ असार २०८३, मंगलबार

काठमाडौंमा चिसो बढ्यो

मंसिर २६, २०७९
काठमाडौंमा चिसो बढ्यो
फाइल तस्वीर

काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । सोमवार यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

उनका अनुसार आइतवार काठमाडौंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्