
ताइवानको डबल थिंक ल्याब्स नामक संस्थाको प्रतिवेदनमा चीनले पाकिस्तानमा अत्यधिक प्रभाव जमाइरहेको उल्लेख गरिएको छ ।
द चाइना इन्डेक्स नामक यस प्रतिवेदनमा चीनबाट प्रभावित ८२ देशमध्ये पाकिस्तान पहिलो स्थानमा छ । दोस्रोमा क्याम्बोडिया र तेस्रोमा सिंगापुर छ ।
संसारभरि नै चीनको प्रभाव बढिरहेको छ ।
डबल थिंक ल्याब्सका सीईओ मिन हुसान वूले संसारलाई चीनको प्रभावबाट सचेत रहनका लागि प्रतिवेदन प्रकाशित गरिएको बताए । चीनले कुन तरिका अपनाएर अन्य देशमा प्रभाव जमाइरहेको छ भनी प्रतिवेदनमा उल्लेख गरिएको उनको भनाइ छ ।
चीनले पैसाको बलमा मात्र नभई सैन्य हतियार सहयोग वा चिनियाँ मूलका मानिसहरूको उपयोगमार्फत प्रभाव बढाइरहेको समन बताउँछन् ।
राष्ट्रिय राजनीति, परराष्ट्रनीति, सञ्चारमाध्यम, सैन्य सहयोग, प्रविधि, आर्थिक सम्बन्ध, कानून निर्माण, उच्च शिक्षा तथा सांस्कृतिक सम्बन्धका मापदण्डमा मुलुकहरूमाथि चीनको प्रभावको सूची बनाइएको हो ।
चीनबाट सबभन्दा बढी प्रभावित युरोपेली मुलुक जर्मनी हो ।