१२ साउन २०८३, मंगलबार

फ्री बिजुलीको राजनीति ‘फेल’ ? नरेन्द्र मोदीले केजरीवाललाई भने– करदाताको दुष्मन !

मंसिर २६, २०७९
फ्री बिजुलीको राजनीति ‘फेल’ ? नरेन्द्र मोदीले केजरीवाललाई भने– करदाताको दुष्मन !

भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदेशवासीलाई फ्री बिजुली र फ्री पानी दिने गरेका छन् । शिक्षा, स्वास्थ्य लगायत अन्य सुविधा दिएर मतदातालाई लोभ्याउँदै केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले पञ्जाब प्रदेशमा समेत नेतृत्व गरिरहेको छ ।

हालै गुजरात र हिमाञ्चल प्रदेशमा भएका विधानसभा चुनावमा भने आपले अपेक्षाकृत सफलता हात पार्न सकेन । यसै नतिजाका आधारमा भारतीय जनता पार्टी (भाजपा) नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले आपमाथि प्रहार गर्न थालेका छन् ।

सेवासुविधा फ्री बाँडेर छोटो बाटोबाट सत्तामा पुग्ने राजनीति ‘फेल’ भएको मोदीको दाबी छ । केजरीवालले चुनावका बेला फ्रीको लामो सूची जनतामाझ लैजाने गरेका छन् ।

प्रधानमन्त्री मोदीले यसलाई सत्तामा पुग्न जे पनि गर्ने प्रवृत्ति भनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले भने, ‘सत्ता पाउने संकीर्ण लक्ष्यका लागि जे पनि गर्न आतुर यस्ता व्यक्तिहरू करदाताका असली दुष्मन हुन् ।’

मोदीले यसै सन्देशका साथ आगामी २०२४ को लोकसभा चुनावको एजेन्डा तय गर्न थालेका भारतीय मिडियाको अनुमान छ । मोदीले सत्ता लोलुप दलले कहिल्यै राष्ट्र निर्माण गर्न नसक्ने बताएका छन् । 

कमेन्ट गर्नुहोस्