२६ जेठ २०८३, मंगलबार

ए हो र माया... : भिडियो कन्सेप्ट साउथ फिल्मको गीतसँग मिल्दोजुल्दो, संयोग कि कपी ?

मंसिर २६, २०७९
ए हो र माया... : भिडियो कन्सेप्ट साउथ फिल्मको गीतसँग मिल्दोजुल्दो, संयोग कि कपी ?

टिकटक होस् चाहे युट्युब, यतिबेला एउटा गीत निकै चर्चामा छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया’बोलको गीतलाई स्रोता/दर्शकले औधी रुचाएका हुन् । यस रोमान्टिक भावको गीतमा ३० लाखभन्दा धेरैले टिकटक भिडियो बनाएका छन् । 

युट्युबमा भिडियोको भ्युज त्यस्तै लोभलाग्दो छ । दुई साताअघि सार्वजनिक गीतको म्युजिक भिडियोले सोमबार साँझसम्मयुट्युबमा ५४ लाख भ्युज पाइसकेको छ । लोकप्रियताको ‘रफ्तार’ यही गतिमा रहिरहे, भिडियो छिट्टै करोड क्लबमा पुग्ने देखिन्छ ।

शब्द, संगीत, संगीत संयोजन, स्वर, भिडियो सबै पक्षले प्रशंसा पाएको छ । ‘ए हो र माया’ चर्चाको शिखरमा रहिरहँदा गीतलाई एउटा आरोप लागेको छ, भिडियो कन्सेप्ट चोरीको । 

भिडियोको कन्सेप्ट साउथ चलचित्र ‘सरकारु वारी पाता’मा समावेश गीतसँग मिल्न गएको हो । साउथ सुपरस्टार महेश बाबु र कीर्ति सुरेश अभिनित उक्त चलचित्रको गीतबाट ‘ए हो र माया’को भिडियो कन्सेप्ट कपी गरिएको गीतलाई आरोप लागेको हो । 

टिकटकमा केही भिडियो ‘क्लीप’हरु भेटिन्छन्, जसमा साउथको भिडियोसँग ‘ए हो र माया’को भिडियो तुलना गरिएको छ । उक्त टिकटक भिडियोमा प्रतिक्रिया दिँदै स्रोता एवं दर्शकहरुले कन्सेप्ट मिल्नु संयोग नभै कपी नै गरिएको आरोप लगाएका छन् । 

मौसम हिमालीले कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा विमल अधिकारी र सनिशा भट्टराईको नृत्य एवं अभिनय छ ।

विमल अधिकारीकै शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् ।

@madhu_s_pathak #बुद्धभुमि #भैरहवा #रुपन्देही #स्याङ्जा #सेखाम #foryoupage #newspeg ♬ original sound - madhu pathak

salt training

कमेन्ट गर्नुहोस्