
ब्राजिलमा एउटा अनौठो ‘लभ चक्कर’ सार्वजनिक भएको छ, जसमा एक युवतीले आफूभन्दा ४० वर्ष जेठो पुरुषसँग प्रेम गरेकी छन् ।
द सनमा प्रकाशित रिपोर्टअनुसार २३ वर्षीया मारिया एडुआरडाले ६३ वर्षीय निक्सन मोट्टासँग प्रेम गरेकी हुन् । यतिबेला यी दुवैको प्रेम कहानी चर्चामा छ ।
युवती १६ वर्षकी हुँदा दुवै जना पहिलोपल्ट भेटिएका थिए । दुवैका परिवारले पनि सम्बन्धलाई मन्जुरी दिएका छन् । दुवैको प्रेमबाट एक छोरी जन्मिएकी छन् ।
मारियाले आफ्नो प्रेम सकारात्मक रूपमा प्रचार हुने अपेक्षा गरेकी थिइन् तर केहीले यो सम्बन्धको आलोचना समेत गरेका छन् । निक्सनले भने, ‘हाम्रो सम्बन्धको यसरी आलोचना होला भन्ने सोचेको थिइनँ ।’
कतिपयले पैसाका चक्करमा मारियाले वृद्धसँग विवाह गरेको भनेर आरोप लगाइरहेका छन् तर निक्सनले आफू धनी नभएको जवाफ दिएका छन् । उनले आफूहरू केही भेटहरूपछि नजिकिएको खुलासा गरेका छन् ।