०६ असार २०८३, शनिबार

भूमि आयोगले जग्गाधनी प्रमाणपूर्जा वितरण पुनः सुचारु गर्ने

मंसिर २७, २०७९
भूमि आयोगले जग्गाधनी प्रमाणपूर्जा वितरण पुनः सुचारु गर्ने

राष्ट्रिय भूमि आयोगले यसअघि शुरु गरिएका काम विशेष कारणले हुन नसकेको भन्दै मंसिर २८ गते बुधबारदेखि पुनः काम सुचारु गर्ने जनाएको छ । गोरखापत्रमा आज सार्वजनिक सूचना जारी गर्दै आयोगले सो जानकारी गराएको हो । आयोगका अनुसार लगत लिइएका भूमिहिनलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिने छ ।

आयोगले भूमिहिनको लगत लिने र प्रक्रिया पूरा गरी भूमिहिनलाई भूमिको व्यवस्थाका लागि प्रमाणपूर्जा वितरण गर्दैआएको छ । जारी सूचनामा भनिएको छ, “भूमिहिनका अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य मिति २०७९ मंसिर २८ गतेदेखि पुनः सूचारु गरिएको व्यहोरो सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्