१६ असार २०८३, मंगलबार

टर्च बोकेर बाढीपीडितलाई राहत वितरण गर्न पुगे धुर्मुस

कात्तिक २०, २०७४
टर्च बोकेर बाढीपीडितलाई राहत वितरण गर्न पुगे धुर्मुस

बर्दिवास, ३० साउन– हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन् ।

आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुगेका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरेका हुन् । पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार बिहान बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै आएको बेला पाइएको राहतले बाँच्ने आशा पलाएको बताएका छन् ।

चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक÷एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपिडितलाई दिनुभएको सो बस्तीका जुगल सादा मुसहरले बताए ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहेका हास्यकलाकार धुर्मुसले आपत् परेका बेला तत्काल मलहम लगाउन आपूm केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताएका थिए ।

राहत वितरणसँगै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बाढीपिडित परिवारका सबैको स्वास्थ्य जाँच गरी औषधि वितरण गर्नुभएको थियो ।

गत शनिबार सो बस्तीमा पसेको रातु र बडहरि नदीको बाढीले मुसहर बस्ती डुबाएसँगै चारवटा घर लडाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्