२४ जेठ २०८३, आइतबार

फिफा विश्वकप फूटबलमा सेमिफाइनल खेल हुँदै

मंसिर २७, २०७९
फिफा विश्वकप फूटबलमा सेमिफाइनल खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ ।

कतारको दोहास्थित लुसेल रंगशालामा हुने खेल नेपाली समयअनुसार मंगलवार राति १२ः४५ बजे हुनेछ ।

अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

यी २ टोली यसअघि फिफा विश्वकपमा २ पटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जीत हासिल गरेको थियो । सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो ।

क्रोएसियाले हालसम्म २ पटक विश्वकपको सेमिफाइनल यात्रामा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इंग्ल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको इतिहास छ ।

salt training

कमेन्ट गर्नुहोस्