२६ असार २०८३, शुक्रबार

विवादास्पद अध्यादेश फिर्ताको माग गर्दै नागरिक समाज सडकमा

मंसिर २७, २०७९
विवादास्पद अध्यादेश फिर्ताको माग गर्दै नागरिक समाज सडकमा

रेशम चौधरीलगायत व्यक्ति हत्याको आरोप लागेका राजनीतिक दलका कार्यकर्ता छुटाउन ल्याएको अध्यादेशको विरोधमा नागरिक समाज सडक आन्दोलनमा उत्रिएको छ । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन अध्यादेश फिर्ता गर्न मागगर्दै नागरिक अगुवाले मंगलवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सरकारले रेशम चौधरी लगायतलाई छुटाउन आइतवार अध्यादेश जारी गरेको थियो । 

माइतीघरमा आयोजित कार्यक्रममा मानव अधिकार आयोगका पूर्व सदस्य प्रा. कपिल श्रेष्ठ, मानव अधिकारकर्मी सुवोध प्याकुरेल लगायतले सम्वोधन गरेका थिए । अधिकारकर्मीहरुले संसद छलेर कामचलाउन सरकारले अध्यादेश जारी नगर्न राष्ट्रपति विद्या भण्डारीसँग आग्रह गरे । 

विवादास्पद अध्यादेश सोमवार राष्ट्रपति कार्यालयमा पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्