२९ असार २०८३, सोमबार

विषाक्त खानाले ६५ जना बिरामी : स्वास्थ्य मन्त्रालय

मंसिर २७, २०७९
विषाक्त खानाले ६५ जना बिरामी : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ । 

मन्त्रालयले मंगलवार चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक अनुसन्धानअनुसार विषाक्त खानाका कारणले एकैपटक ६५ मानिस बिरामी परेको बताएको हो ।

मन्त्रालयले घटनाबारे थप अनुसन्धान गर्न जाँचका लागि नमूना प्रयोगशालामा पठाएको छ । 

मंसिर २३ गते ६५ जनामा २४ घण्टा नबित्दै पखाला लाग्ने, वाकवाकी हुने, वान्ता आउने साथै ज्वरो आउने जस्ता लक्षण देखिएका थिए । बिरामी भएपछि उनीहरूले औषधि पसल गएर औषधि किनेर खाएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि मंसिर २६ गते भरतपुरस्थित नेसनल सिटी अस्पतालको आकस्मिक कक्ष तथा बहिरंग विभागमा उपचारका लागि ३५ भर्ना भएका मन्त्रालयले जनाएको छ ।

अहिले उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

कार्यक्रममा भोज खाएका थप १५ जना बुधवारै उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्