२६ जेठ २०८३, मंगलबार

ललितपुर महानगरको १०४औँ वार्षिक उत्सवमा फोटो प्रर्दशनी

ललितपुर महानगरको १०४औँ वार्षिक उत्सवमा फोटो प्रर्दशनी

ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४औँ वर्ष प्रवेशको अवसरमा नगर प्रहरीले फोटो प्रदर्शनी आयोजना गरेको छ । ललितपुर नगर प्रहरीले पछिल्लो ५ वर्षमा गरेका कामहरू १ सय २३ वटा फोटो प्रदर्शनमा गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

महानरपालिकाभित्र भएका अव्यवस्थित तारहरूको व्यवस्थापन, सडकमा राखेको बालुवा, गिट्टीलगायतका निर्माण सामग्रीहरूको व्यवस्थापन, नगर प्रहरीले विभिन्न मेला महोत्सवमा गरेको कामहरूको फोटो प्रर्दशनीमा राखिएको थियो । 

फोटोमा विगतमा गरेका काम र अहिलेको अवस्थाको बारेमा देखाउन खोजिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए । ‘पहिलेको अवस्था के थियो, तर अहिलेको अवस्था के छ, अर्थात के परिर्वन भएको भन्ने देखाउन खोजेका हौँ’, हाछेथुले भने । 

हेरौँ फोटोहरू


 

salt training

कमेन्ट गर्नुहोस्