२७ जेठ २०८३, बुधबार

भाजपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

पुस २, २०७९
भाजपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको पछिल्लो बयानप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी (भाजपा) ले आज शनिबार देशव्यापी विरोध प्रदर्शन गर्नेभएको छ । विरोधका क्रममा विदेशमन्त्री भुट्टोको पुतला दहन गरिने जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा पाकिस्तानी विदेशमन्त्री भुट्टोले आफ्नो अभिव्यक्ति दिएको सो दलले आरोप लगाएको छ । भाजपाले भनेको छ, "पाकिस्तानी विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति लाजमर्दो र निन्दनीय छ ।" भाजपा कार्यकर्ताहरुले अभिव्यक्तिको विरोधमा शुक्रबार पनि प्रदर्शन गरेका थिए । आज भारतका सबै राज्यका मुख्य शहरमा प्रदर्शन गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भाजपाले विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति हतास मानसिकताको उपज भएको जनाएको छ । पाकिस्तानको सम्बन्ध विश्व राजनीतिसँग विग्रदै गएको र त्यहाँ आतंकवादीको गढ बन्दैगएको भन्दै त्यस्तो अभिव्यक्ति नदिन पनि सचेत गराएको छ । 

भारतीय प्रधानमन्त्री मोदीको सम्बन्ध विश्वका सबै देशबाट बनिरहेका बेला हतास भएर पाकिस्तानी विदेशमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको भाजपाले टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयले पनि अभिव्यक्तिको विरोध गरेको छ । पाकिस्तानलाई आफ्नो मानसिकता बदल्न आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्