२५ जेठ २०८३, सोमबार

‘ललितपुर महानगर गौरव पुरस्कार’ वितरण

‘ललितपुर महानगर गौरव पुरस्कार’ वितरण

ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४औँ स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न शुरु गरेको छ । 

स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कारबाट सम्मान गरे । महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई जनही एक लाख नगदसहित सो पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थागत रूपमा जेम्स स्कुल र व्यक्तिगत रूपमा टाँसी तेन्जिङलाई प्रदान गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्