
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आइतवार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।
कांग्रेसको संसदीय दलको चुनावको तयारीको लागि आवश्यक निर्णय गर्ने गरी कार्य सम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
‘केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको चुनावको लागि अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्छ । त्यसले नै संसदीय दलको चुनाव गराउँछ’, खतिवडाले भने ।
सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरूलाई राजधानीमै रहन भनेका छन् ।
शनिवार दिउँसो चियापान कार्यक्रमका लागि बालुवाटारमा बोलाएर सांसदहरूलाई कांग्रेसको प्रतिष्ठा रहने गरी काम गर्न निर्देशन दिँदै राजधानीमै रहन पनि भनेको कार्यक्रममा सहभागी सांसदहरूले बताए ।