
नेपाली सुनचाँदी बजारमा आइतवार छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकिएको छ ।
शुक्रवार प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको यो सुनको मूल्य आइतवार प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार ४०० रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३८० पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।