![समानुपातिक सांसदहरूले निर्वाचन आयोग पुगेर बुझे प्रमाणपत्र [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Pashupati_Samsher_Rana1_YcjoxP4pnB.png)
निर्वाचन आयोगले समानुपातिक निर्वाचित प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई आइतवार प्रमाणपत्र वितरण गरेको छ । आयोगले प्रतिनिधि र प्रदेश सभातर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।
प्रमाणपत्र लिन सांसदकहरू आफन्तसहित निर्वाचन आयोगको कार्यलय पुगेका थिए । कान्तिपथस्थित निर्वाच आयोगको कार्यालय पुगेर सांसदहरूले प्रमाणपत्र ग्रहण गरे ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभातर्फ ११० जना र प्रदेश सभातर्फ कूल २२० जना सांसद रहेका निर्वाचित भएका छन् । आयोगले दलहरूले बुझाएको बन्दसूचीका आधारमा निर्वाचित सांसदहरूको नाम घोषणा गरेको थियो ।



























































