१२ साउन २०८३, मंगलबार

अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उडाए एम्बाप्पेको मजाक (भिडियो)

पुस ४, २०७९
अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उडाए एम्बाप्पेको मजाक (भिडियो)

अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि ड्रेसिङ रूममा खेलाडीहरूले खुशियाली मनाउँदै गर्दा अर्जेन्टिनी गोलकीपर एमिलियानो मार्टिनेजले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको मजाक उडाएका छन् । 

जीतको खुशियालीमा अर्जेन्टिनी खेलाडीहरू ड्रेसिङ रूममा नाचेका थिए । एक मिनेटको मौन भनी गीत गाउँदै गर्दा उनीहरू एकछिन चुप लागेका थिए । त्यसैक्रममा मार्टिनेज चिच्याए, ‘मरिसकेको एम्बाप्पेका लागि ।’

पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका लागि गोल बचाएर मार्टिनेजले टीमलाई विश्वकप दिलाएका हुन् । त्यही उन्मादमा उनले एम्बाप्पेका विषयमा मजाक गरे ।

फाइनलमा एम्बाप्पेले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलमा ह्याटट्रिक गरेका थिए । कुल आठ गोल सहित उनी यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता भए अनि गोल्डन बूट जित्न सफल भए । 
 

salt training

कमेन्ट गर्नुहोस्