१० असार २०८३, बुधबार

ज्येष्ठ सदस्य पशुपति राणाले आज राष्ट्रपतिबाट शपथ लिने

ज्येष्ठ सदस्य पशुपति राणाले आज राष्ट्रपतिबाट शपथ लिने

नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका नेता पशुपतिशमशेर राणाले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेभएका छन् । प्रतिनिधिसभा ऐनमा गरेको व्यवस्थाअनुसार प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई शपथ गराउन राणाले आज राष्ट्रपतिबाट शपथ लिन लागेका हुन् ।

सांसद राणाले आज दिउँसो १ः३० बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।  सांसद राणाको नागरिकतामा जन्ममिति १९९८ मंसिर २४ गते उल्लेख रहेको र सबैभन्दा बढी उमेरका ज्येष्ठ सदस्य रहेको निर्वाचन आयोगले सिफारिस गरेपछि संसद सचिवालयले उनलाई ज्येष्ठ सदस्यकोरुपमा पहिचान गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्