११ असार २०८३, बिहीबार

संसदीय दलको निर्वाचन प्रभावित गर्न भिजिलान्ते प्रयोग गरिएको गगन पक्षको आरोप

संसदीय दलको निर्वाचन प्रभावित गर्न भिजिलान्ते प्रयोग गरिएको गगन पक्षको आरोप
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधवार मतदानको तयारी गरिँदै

संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापाको पछाडि सरकारले भिजिलान्ते प्रयोग गरेको उनीपक्षीय नेताहरूले आरोप लगाएका छन् । संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि गगनको पछाडि सादा पोसाकका सुरक्षाकर्मी प्रयोग गरिएको उनीहरूको आरोप छ ।

गगन निकट केन्द्रीय सदस्य अजय शिवाकोटीले अपरिचित व्यक्तिहरूले गगनको पिछा गरेको बताए । 

‘प्रधानमन्त्री शेरबहादुर दाई र गृहमन्त्री वालकृष्ण दाई नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई प्रहरी बलको दुरुपयोग गरेर सुराकी गराउने, बाटो छेक्ने, पछ्याउने, रोक्ने जस्ता कार्य गरेर हतोत्साहित गर्ने प्रयास नगर्नु होला’ शिवाकोटीले मंगलवार राति फेसबुकमा सन्देश लेखेका छन् । 

संसदीय दलको नेताका लागि बुधवार बिहान मतदान हुँदैछ । पार्टी सभापति समेत रहेका देउवा र गगनबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्