
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ ।
८९ सांसदमध्ये अधिकांशले मत खसालिसकेका छन् । एक सांसद सुत्केरी भएकाले अहिले उनको मतका लागि प्रतीक्षा भइरहेको छ ।
सुत्केरी भएकी सांसद माया राईले खाममा मत पठाउँदै गरेको कांग्रेस नेताहरूले बताएका छन् ।
ओम अस्पतालबाट उनको मत आइपुगेपछि मतदान सम्पन्न हुनेछ ।
संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।