१० असार २०८३, बुधबार
नतिजाको पर्खाइ

कांग्रेस संसदीय दलको निर्वाचन– गणना शुरू हुँदै, नतिजा केहीबेरमा

कांग्रेस संसदीय दलको निर्वाचन– गणना शुरू हुँदै, नतिजा केहीबेरमा

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको मत गणनाको तयारी शुरू भएको छ ।

मतदान सम्पन्न भएर मुचुल्का समेत भएपछि गणना शुरू गर्ने तयारी भएको हो ।

अब नतिजाको पर्खाइ छ ।

संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।

संस्थापन पक्षका केही सांसदले मतदानपछि मतपत्रको तस्वीर लिएको भन्दै गगनले आपत्ति जनाएका छन् ।

सभापतिले सांसदहरूलाई अविश्वास गरेर आफूलाई मत हालेको तस्वीर लिन लगाएको गगनको आशंका छ ।
 

salt training

कमेन्ट गर्नुहोस्