
हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका –९ खरङ्गामा आज विहान दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका –७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदैगरेको ना ५ ख ६१०३ नम्बरको बसको यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदैगरेको लु २ ख ४६०७ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
गम्भिर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका –११ का ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । रासस