
कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले अपेक्षा गरिए भन्दा निकै कम मत प्राप्त गरेका छन् ।
३१ जना सांसद गगनको पक्षमा खुलेर लागेको र ३५ मत ल्याउन सक्ने आकलन कांग्रेस नेताहरूले गरे पनि गगनले जम्मा २५ मत पाए ।
अर्कातर्फ पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा ६४ मत पर्यो । कांग्रेसका ८९ सांसद छन् ।
यससँगै सभापति देउवा संसदीय दलको नेताका रूपमा दोहोरिएका छन् ।
अब सरकार गठनको प्रक्रिया शुरू हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० गतेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरिसकेकी छन् ।